स्तन जाँचका लागि संक्षिप्त निर्देशिका

यस तथ्यपत्रले ब्रेस्टस्क्रिन क्वीन्सल्याण्डको बारे संक्षिप्त विवरण दिन्छ। यसमा उक्त कार्यक्रम मार्फत कस्ले स्तन परीक्षण गराउन पाउँछ, स्तन परीक्षण गराउँदा के के गरिन्छ, र कसरी परीक्षणको लागि समय लिने भनेर व्याख्या गर्दछ।

स्तन जाँचका लागि संक्षिप्त निर्देशिका  [PDF 319.12 KB]

स्तन परीक्षण गराउँने एपोइन्टमेन्टमा के हुन्छ?

यो भिडियोले हामीसँग स्तन परीक्षण गराउँने प्रक्रियालाई बताउँछ। यसले निन्न कुराहरू समेट्छ:

  • तपाईंको एपोइन्टमेन्टको लागि कसरी तयारी गर्ने
  • तपाईंको स्तन कसरी जाँच गरिनेछ
  • तपाईंको एपोइन्टमेन्ट पछि के हुन्छ।

स्तनको जाँचले प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउन मद्दत गर्न सक्छ, जसले गर्दा तपाईंलाई उपचारका धेरै विकल्प मिल्न सक्छन्।

यहाँ ब्रेस्ट स्क्रिन क्विन्सल्याण्ड (BreastScreen Queensland) मा, स्तनमा कुनै परिवर्तन महसुस नगरेका ४० वर्षभन्दा माथिको उमेरका महिलाहरुका लागि राज्यभर नि:शुल्क स्तन परिक्षण सेवा प्रदान गर्दछौं।  स्तन जाँच ५० देखि ७४ वर्षको उमेर समूहका महिलाहरूका लागि सबैभन्दा बढी प्रभावकारी हुन्छ। र, तपाईं यो उमेर समूह भित्र हुन्जेल, हामी तपाईंलाई हरेक दुई वर्षमा आमन्त्रण पठाउनेछौं।

आफ्नो एपोइन्टमेन्टमा जाँदा कृपया ट्याल्कम पाउडर वा वासनादार पदार्थ नलगाउनुहोला। किनभने यसले तपाईंको स्तन जाँचमा असर गर्नसक्छ।  हामी तपाईंलाई कम्मर माथि र मुनिको छुट्टाछुट्टैपहिरन लगाउन सुझाऊँछौं।  ता कि जाँचको क्रममा तपाईंको कम्मर मुनिको भाग ढाकि रहोस् ।

तपाईं १० मिनेट छिटो पुग्न सक्नुभएमा सहज हुनेछ।  तपाईं आइपुग्दा, तपाईंलाई हाम्रो मिलनसार सोधपुछकर्ताले स्वागत गर्नेछन् ।  उनीहरुले तपाईंलाई केही फारमहरू भर्न दिनेछन् र तपाईंको मेडिकेयर कार्ड जाँच गर्नेछन् ।

हाम्रो महिला रेडियोग्राफरले तपाईंलाई जाँच गर्ने कक्षमा लानेछिन् ।  र जाँचमा के-के हुनेछ भनेर ब्याख्या गर्नेछिन्।  तपाईंले आफूलाई लागेका कुनै जिज्ञासाका बारेमा उनलाई प्रश्नहरू सोध्न सक्नुहुन्छ ।  एकदमै सुक्ष्म क्यान्सर हेर्नका लागि उनले विशेष खालको एक्स-रे मेसिन प्रयोग गर्नेछिन् जुन क्यान्सर तपाईंले वा तपाईंको डाक्टरले देख्न वा महसुस गर्न सक्नुहुन्न ।

स्तन जाँचका लागि धेरै समय लाग्ला वा पीडादायी होला भनेर तपाईंलाई चिन्ता लाग्न सक्छ। तर यो प्रायः छिटो हुन्छ र हल्का असजिलो मात्र हुन्छ।  तपाईं कुनै पनि बेला रेडियोग्राफरलाई रोक्न सक्नुहुन्छ ।

उनले तपाईंलाई कम्मरमाथि लगाउनु भएको कपडा र ब्रा फुकाउन लाउनेछिन् ।  र तपाईंको स्तनलाई मेशिनमा राख्न मिलाउछिन्  र सङ्लो तस्बिर खिच्न केही सेकेन्डसम्म थिचिनेछ ।  त्यसपछि यो प्रक्रिया अर्को स्तनको लागि दोहोर्याइनेछ ।  उनले प्रत्येक स्तनको दुईवटा गरेर जम्मा चारवटा एक्स-रे खिच्नेछिन्।

प्राप्त ती स्तनजाँचका तस्बिरहरू कम्तिमा दुई जना उच्च प्रशिक्षित तथा विशेषज्ञ डाक्टरहरूद्वारा अलग-अलग हेरिनेछन्।  धेरैजसो महिलाहरूले चार हप्ता भित्र आफ्नो परिणामहरू प्राप्त गर्छन् ।  यदि तपाईंले हामीलाई आफ्नो डाक्टरको विवरण दिएमा हामीले उनीहरुलाई पनि एक प्रति पठाइदिनेछौं।

१०० मध्ये ९५ महिलामा स्तन परीक्षणको परिणामले स्तन क्यान्सर नभएको, सामान्य देखाउँछ।  १०० मध्ये पाँच महिलामा थप परीक्षणको आवश्यक पर्छ।  तर यदि तपाईं यो समूहमा पर्नुभएमा त्यसको मतलब होइन कि, तपाईंलाई स्तन क्यान्सर भएको छभन्ने ।  यसको मतलब यो मात्र हो कि हाम्रो मूल्यांकन क्लिनिकमा कुनै कुराको थप परिक्षण गर्न आवश्यक परेको हो ।

परिक्षणका लागि तपाईं आउँदा लगभग ३० मिनेट भन्दा कम समय लाग्नेछ र सो समयमा हाम्रा अनुभवी र मिलनसार कर्मचारीले तपाईंको धेरै राम्रो ख्याल राख्नेछन् ।

त्यसैले, यदि तपाईं ४० बर्ष भन्दा माथिको हुनुहुन्छ भने नि:शुल्क स्तन जाँचको हाम्रो सेवा लिनुहोस्।  र, यदि तपाईं ५० देखि ७४ वर्षको हुनुहुन्छ भने हामी तपाईंलाई तपाईंको स्तनको जाँच अद्यावधिक राख्न आमन्त्रित गर्नेछौं ।  किनभने रोग सुरुमै पहिचान गर्नाले उपचारका थप विकल्पहरू मिल्छन्  र त्यसले ठूलो फरक पार्दछ।

स्तनजाँचका लागि आज नै एपोइन्टमेन्ट बनाउनुहोस् ।

क्वीन्सल्याण्डमा हाम्रा २६० भन्दा बढी स्तन जाँच गर्ने स्थानहरू छन् र केही कार्यालय समय पछि खुल्ला हुन्छन्।

थप जानकारीको लागि वा एपोइन्टमेन्ट लिनको लागि breastscreen.qld.gov.au हेर्नुहोस् ।

अथवा आफ्नो नजिकको ब्रेस्टस्क्रिन क्वीन्सल्याण्ड सेवालाई 13 20 50 मा फोन गर्नुहोस् ।

Last updated: June 2024